काभ्रे (खानीखोला) । काभ्रे जिल्लाको खानीखोला गाउँपालिकास्थित वडा नं. ४ मा एकैदिन तीनवटा भवन उद्घाटन भएको छ ।
खानीखोला ४ को वीर आधारभूत विद्यालय र ज्ञानज्योति आधारभूत विद्यालयको २ कोठे आरसीसी भवन र प्रगतीशील कृषक महिला समुहको भवन एकैपटक उद्घाटन भएको हो । उक्त तीनवटै भवनको बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले भव्य समारोहका बीच उद्घाटन गरिन् ।
वीर र ज्ञानज्योतिको भवन बागमती प्रदेशको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हो भने प्रगतीशील कृषक महिला समुहको भवन भने खानीखोला गाउँपालिकाको अािर्थक सहयोगमा निर्माण भएको हो ।
भवन उद्घाटन गर्दै मन्त्री मोक्तानले खानीखोला गाउँपालिकामा क्याम्पस स्थापना हुने प्रतिबद्धता व्यक्त गरेकी छिन् । ‘खानीखोलामा एउटा क्याम्पसको आवश्यकता छ भन्ने मैले जानकारी पाएको छु, यहाँ कुनै पनि हालतमा क्याम्पस स्थापना गर्छौ, क्याम्पस स्थापनाका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध छ’ उनले भनिन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङ, वडाध्यक्ष निशान मोक्तान, खानीखोला गाउँपालिका शिक्षा शाखाका होमबहादुर वाईबासँगै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए ।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |