Logo
  • मुख्य सन्देश
  • डाँडापारि हेडलाईन
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थतन्त्र
  • खेलकुद
  • फ्रन्ट पेज
  • मनोरञ्जन
  • विचार
  • समाचार
  • सम्पादकीय
  • संवाद
  • E-Paper
© २०८० डाँडापारि सन्देशमा सार्वाधिकार सुरक्षित छ Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २६, शुक्रबार
  • युनीकोड
  • मुख्य सन्देश
  • स्थानीय
    • खानोखोला गाउँपालिका
    • चौरी देउराली गाउँपालिका
    • तेमाल गाउँपालिका
    • धुलिखेल नगरपालिका
    • नमोबुद्ध नगरपालिका
    • पनौती नगरपालिका
    • पांचखाल नगरपालिका
    • बनेपा नगरपालिका
    • बेथानचोक गाउँपालिका
    • भुम्लु गाउँपालिका
    • मण्डनदेउपुर नगरपालिका
    • महाभारत गाउँपालिका
    • रोशी गाउँपालिका
  • डाँडापारि हेडलाईन
  • विचार
  • सम्पादकीय
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थतन्त्र
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • अन्तर्वार्ता
    • फोटो फिचर
    • भिडियो ग्यालरी
    • राजनीति
    • संवाद
    • साहित्य
    • सुचना प्रविधि
    • स्वास्थ्य
  • खोज
  • E-Paper

खोजी गर्नुहोस

छनोट

मतदानअघि एकपटक एमालेलाई सोधौँ, ‘राजवादीसँगको गठजोडले गणतन्त्र जोगिन्छ ?’

  • डाँडापारि संदेश
  • २०७९ कार्तिक ४, शुक्रबार
मतदानअघि एकपटक एमालेलाई सोधौँ, ‘राजवादीसँगको गठजोडले गणतन्त्र जोगिन्छ ?’

नेपाली श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधिका रुपमा आफुलाई दाबी गर्ने नेकपा एमालेले आफूलाई नेपाली जनताको वर्गीय र सामाजिक मुक्ति, नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षा, जनतामा निहित सार्वभौमसत्ता र लोकतान्त्रिक प्रणालीका सञ्चालित पार्टीको रुपमा परिभाषित गरेको पाइन्छ ।

माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनबादलाई मार्गदर्शन सिद्धान्त बोकेका नेकपा एमाले यतिबेला हजारौं जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त संविधान, संघीय गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समाबेशिता जस्ता महत्त्वपूर्ण उपलब्धिको विरुद्ध खडा भएका राजावादीहरुको वैशखी टेकेर हिडिरहेका छन् ।

१९ दिने जनआन्दोलनको क्रममा संघीय गणतान्त्रिक व्यवस्था ल्याउनका लागि एमालेको झन्डामुनि बसेका हजारौं नेता कार्यकर्ताहरुले सडकमा टाउको फुटाएका थिए, कतिले बलिदान नै दिए तर आज नेतृत्वको सीमित स्वार्थको लागि गणतन्त्र विरोधी शक्तिहरुसँग कुम जोड्न जानु लज्जाको विषय मत्रै होइन, नैतिकहीन पनि छ ।

समाजवादसम्म जाने लक्ष्य बोकेको एमाले आज कता रुमालिरहेका छन ? संविधानको रक्षा, प्रयोग र विकास गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सामन्तवादका अवशेषहरुलाई अन्त्य गर्छु भनेर सपथ खाएका नेताहरूको उठबस आखिर कोसँग भइरहेको छ ? दलाल–नोकरशाही पुँजीवादी शोषण उत्पिडन र साम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्ने उद्घोष गरेका नेतृत्वले आज कुन वर्ग र विचारलाई पक्षपोषण गरिरहेका छन् ? आम निर्वाचनमा एमालेले यो प्रश्नको सामना गर्नु पर्ने नै छ ।

विशेषगरी एमाले अध्यक्ष खड्ग प्रसाद ओलीको अहमता र घमण्डको कारण पार्टी भित्र र बाहिरको कम्युनिस्ट नेताहरुसँग टाढिँदै गएको दुरि र प्रतिगामी तत्वहरुसँग नजिकिँदै गरेको सम्बन्धले पनि हिजोको एमाले र आजको एमालेमा जनताले अकाशपतालको फरक महसुस गर्न थालेका छन् ।

सधैं हिन्दुराज्य सहितको राजतन्त्रको पक्षमा वकालत गर्दै हिड्ने राजेन्द्र लिङ्देन र कमल थापाहरुलाई भित्र्याउने, पार्टी भित्रै विचारको बहस गर्ने घनश्याम भुसाल, भिम रावलजस्ता नेताहरूलाई गलहत्याउने हर्कतले एमाले अब राजवादीको कित्तामा उभिएको प्रष्ट भएको छ । आफ्नै निर्वाचन क्षेत्रसहित देशका विभिन ठाउँमा राजवादीको वैशाखी खोजेका एमाले यही गतिले अन्ततः हिन्दुराज्य सहितको राजतन्त्रको पक्षमा उभिने छाँटकाँट देखिन थालेका छन् ।

राजेन्द्र लिङ्देनको हातमा पार्टी जानुअघिसम्म कमल थापा संविधान खारेजीको नारा लगाउथे । लिङ्देनहरुले संविधान खारेज र हिन्दुराज्य सहितको राजतन्त्रको पुर्नस्थापनाको एजेन्डा अघि सारेका छन् । तिनै लिङ्देनको आटमा चुनाब जित्ने दाउमा ओली छन् भने लिङ्देन पनि एमालेसँग मिलेर गणतन्त्रबादीसँग चुनाव जित्न कम्मर कसेका छन् । कमल थापालाई ओलीले सुर्य चिन्ह बक्सिस नै दिएका छन् ।

हुन त ओलीको विगत हेर्ने हो भने पनि उनी गणतन्त्रबादी नेता थिएनन् । जनताका छोराछोरीहरु गणतन्त्र प्राप्ति आन्दोलनमा सडकमा रगत बगाउदै गर्दा ओलीले त्यतिबेला दिइएका अभिव्यक्तिहरु ताजै छन् । आफु सत्ता हुँदा पनि उनले कहिल्यै कम्युनिस्ट चरित्र देखाएनन् ।

कहिले ठोरीमा राम मन्दिरको चर्चा त कहिले पशुपतिमा सुनका जलप लिएर हिडेका ओलीले कहि न कहि धार्मिक मनोविज्ञान बोकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुत्र प्रयोग गर्न खोजे । पछिल्लो समय ओलीले घाँटी जोडेको पुर्व पञ्चे र मण्डलेहरुसँगको गठबन्धनले ढिलोचाडो ओलीसँगै एमालेको अस्तित्व संकटमा पर्ने निश्चित छ ।

माओवादीले संविधान र गणतन्त्रको एजेन्डा अघि सार्दा ओलीले यी एजेन्डाहरुको खुलेर विरोध गरेकै हो । एमालेले संघीयता चाहेको छैन, माओवादीको जबर्जस्तीको कारण मात्रै नयाँ संविधान, नेपालको शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अंगिकार गरिएको कुरा पटकपटक सार्वजनिक रुपमा नै खड्गप्रसादले बोलिसकेका छन् ।

दुई–दुई पटक संसद विघटन, अध्यादेशमार्फत संबैधानिक निकायमा एकलौटी नियुक्ति, राजाबादीहरुसँगको सहकार्य एवम् पाँर्टीभित्रका विचारको बहस गर्ने नेताहरूलाई पाखा लगाउने कार्यले एमाले र एमाले नेतृत्वको अबको गन्तव्य कता भन्ने कुरा लगभग प्रष्ट भइसकेको छ ।

त्यसैले एमालेप्रतिको आस्था बोकेका मतदाताले कि एमालेलाई हेर्ने दृष्टिकोण बदल्नु पर्यो कि आफ्नो मत बदल्नु पर्यो । एमाले पार्टी गणतन्त्रबादी हो भन्ने भ्रम पालेर मत हाल्यो भने गम्भीर गल्ती हुने देखिन्छ । होइन, एमाले राजावादी पार्टी नै हो भनेर जान्दाजान्दै मत हाल्नुहुन्छ भने त्यो तपाईको मर्जीको विषय भयो ।

एमालेले राजाबादीसँगै मधेशवादी पार्टीहरुसँग पनि सहकार्य गरेका छन् । सधैं मधेशको मुद्दाको विपक्षमा उभिने ओलीले उपेन्द्रसँग हात बढाएका छन् । हुन त ओली र उपेन्द्र दुवैजनाको गठबन्धन केवल स्वार्थको लागि हो भन्ने सबैलाई थाहै छ । हालै मात्र मधेसी जनताको पक्षमा आएको नागरिक विधेयकलाई समेत विफल बनाएका एमालेलाई उपेन्द्र यादवले कुन मुखले एमालेलाई भोट हाल्न अपिल गर्ने हो त्यो हेर्नै बाँकी छ ।

मधेशी जनतालाई नेपाली नागरिकको दर्जामा नराख्ने एमाले प्रतिको बुझाइ मदेशीबादी दलहरुको दृष्टिकोण छर्लङ्ग नै छ । मधेशको माग पूरा गर्नुलाई राष्ट्रघातको संज्ञा दिने ओली र केवल सत्ताको लागि छेपारोले रङ फेरे झै आफ्नो स्वरुप बदल्ने उपेन्द्रको अपवित्र गठबन्धनलाई मदेशी जनताले नियालिरहेका छन् ।

तसर्थ, भनिन्छ नि मतदान गर्नु भनेको आफ्नो विश्वासको दान गर्नु हो, आत्माको दान गर्नु हो । तपाईको एक मतले मुलुकको भाग्य र भविष्य बदल्न सक्छ । यो आलेखमार्फत् तपाईहरुलाई मेरो एउटा आग्रह छ, एमालेलाई एकपटक सोध्नुस् या मत दिनुअघि तपाईले सोच्नुस्, ‘राजावादीसँगको गठबन्धनको गणतन्त्र जोगिन्छ ?’

प्रतिक्रिया दिनुहोस
महाभारत गाउँपालिका सम्बन्धि थप
  • विश्वका तीन ठूला लोकतन्त्र पुटिनका प्रशंसकको हातमा!

    विश्वका तीन ठूला लोकतन्त्र पुटिनका प्रशंसकको हातमा!

  • महाभारतको ‘मेगा प्रोजेक्ट’ निर्माणका लागि १० बुँदे समझदारी

    महाभारतको ‘मेगा प्रोजेक्ट’ निर्माणका लागि १० बुँदे समझदारी

  • देविटारमा सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

    देविटारमा सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

  • झलमल्ल बन्दैछ, महाभारत गाउँपालिका

    झलमल्ल बन्दैछ, महाभारत गाउँपालिका

  • विहिवार १२, बैशाख २०७६
    समाचार
    रोशी गाउँपालिकाले मनायो ९ औँ स्थापना दिवस

    रोशी गाउँपालिकाले मनायो ९ औँ स्थापना दिवस

    रक्त आधारभूत विद्यालयले भव्य रुपमा मनाइयो ३५ औँ वार्षिकोत्सव

    रक्त आधारभूत विद्यालयले भव्य रुपमा मनाइयो ३५ औँ वार्षिकोत्सव

    बाइकको तेल र मर्मतको नाममा बिल बेगर नै मान बहादुरले ८५,५०० गोजीमा हालेको खुलासा

    बाइकको तेल र मर्मतको नाममा बिल बेगर नै मान बहादुरले ८५,५०० गोजीमा हालेको खुलासा

    शारदा माध्यमिक विद्यालयको अध्यक्षमा प्रेम थोकर सर्वसम्मत

    शारदा माध्यमिक विद्यालयको अध्यक्षमा प्रेम थोकर सर्वसम्मत

    डाँडापारि सन्देशका लागि

    पनौती–०४, काभ्रे, बागमती प्रदेश

    सम्पर्क कार्यालय बनेपा, काभ्रे

    [email protected]

    9843429869

    जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)

    प्रेस काउन्सिल सुचीकरण नं.: ......

    सूचना विभाग दर्ता नं.: .....

    हाम्रो टीम

    प्रकाशक : बुद्ध लोप्चन
    प्रबन्धक : डिबि लामा
    सम्पादक : लक्ष्मण तामाङ
    कार्यकारी सम्पादक :इकमान लामा
    सम्वाददाता :बिजय जिम्बा

    साईट मेनु

    • Home
    • Advertisement
    • E-Paper
    • Our Team
    • Privacy Policy
    • Terms Of Service
    • Unicode Types
    © २०८० डाँडापारि सन्देशमा सार्वाधिकार सुरक्षित छ Designed by: GOJI Solution