Logo
  • मुख्य सन्देश
  • डाँडापारि हेडलाईन
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थतन्त्र
  • खेलकुद
  • फ्रन्ट पेज
  • मनोरञ्जन
  • विचार
  • समाचार
  • सम्पादकीय
  • संवाद
  • E-Paper
© २०८० डाँडापारि सन्देशमा सार्वाधिकार सुरक्षित छ Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २६, शुक्रबार
  • युनीकोड
  • मुख्य सन्देश
  • स्थानीय
    • खानोखोला गाउँपालिका
    • चौरी देउराली गाउँपालिका
    • तेमाल गाउँपालिका
    • धुलिखेल नगरपालिका
    • नमोबुद्ध नगरपालिका
    • पनौती नगरपालिका
    • पांचखाल नगरपालिका
    • बनेपा नगरपालिका
    • बेथानचोक गाउँपालिका
    • भुम्लु गाउँपालिका
    • मण्डनदेउपुर नगरपालिका
    • महाभारत गाउँपालिका
    • रोशी गाउँपालिका
  • डाँडापारि हेडलाईन
  • विचार
  • सम्पादकीय
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थतन्त्र
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • अन्तर्वार्ता
    • फोटो फिचर
    • भिडियो ग्यालरी
    • राजनीति
    • संवाद
    • साहित्य
    • सुचना प्रविधि
    • स्वास्थ्य
  • खोज
  • E-Paper

खोजी गर्नुहोस

छनोट

२३ वर्षपछि सडक कालोपत्रको काम सुरु

  • डाँडापारि संदेश
  • २०७९ कार्तिक ३, बिहिबार
२३ वर्षपछि सडक कालोपत्रको काम सुरु

म्याग्दी । ट्याक (मार्ग) खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुण्डे–भकिम्ली सडक कालोपत्रे गर्न आयोजना सुरु भएको छ ।भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नम्बर ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम थालेको हो ।

एक निर्वाचन क्षेत्र एक सडक आयोजनामा समावेश भएको यो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको बेनी–१ का वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिए ।
भकुण्डे र उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नालि निर्माण गर्न लागेको हो । विसं २०५६ मा मार्ग खोलिएको बेनी नगरपालिकाको १, २ र ३ नम्बर वडाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मतको भरमा यातायात सञ्चालन हुँदै आएको थियो ।

सडक निर्माणका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता भएको थियो । तोकिएको ३० महिनाको अवधिभित्र सडक निर्माणको काम सक्ने तयारीसहित उपकरण र मजदुर परिचालन गर्ने निर्माण कम्पनीका सञ्चालक अरुण सेढाईले बताए ।

सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्रे र दुई किलोमिटर आरसिसी ढलान गर्ने सम्झौता भएको छ । यसैगरी घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि गरिनेछ । हाल चारदेखि पाँच मिटर फराकिलो सडक हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे हुने समस्या छ ।

सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक/एक वटा रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न रु ४०/४० करोड विनियोजन गरेको थिए। निवर्तमान सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दीका प्रमुख तीन रणनीतिक सडक मध्य कुनै पनि कार्यक्रममा नसमेटिएको र बागलुङको ताराखोला गाउँपालिकासँग जोड्ने भएकाले रत्नेचौर–भकुण्डे–भकिम्ली–बरंजा सडक आयोजनालाई सिफारिस गरेको बताए ।

“बेनी–दाना सडक कालीगण्डकी कोरीडोर र बेनी–दरवाङ सडक प्रदेश सरकारको कार्यक्रममा छ”, उनले भने, “आर्थिक वर्ष २०५५÷५६ मा खनिएको यो जिल्लाको अर्को रणनीतिक महत्वको सडक भएकाले स्तरोन्नतिका लागि सिफारिस गरिएको हो ।”

पहिलो चरणमा उपल्लाचौरदेखि बेनी नगरपालिकाको वडा नम्बर ३ तोराखेतसम्म नौ किलोमिटर दूरीमा कालोपत्रे गर्ने लक्ष्य छ । भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हँुदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ । यसअघि सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशबिन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो ।

सडक कालोत्रप भएपछि रत्नेचौर, उपल्लाचौर, सालघारी, अर्जम, फापरखेत, भकुण्डे, स्यानालेक, तोराखेत र भकिम्लीका बासिन्दालाई निकासी, ढुवानी र आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • रोशी गाउँपालिकाले मनायो ९ औँ स्थापना दिवस

    रोशी गाउँपालिकाले मनायो ९ औँ स्थापना दिवस

  • रक्त आधारभूत विद्यालयले भव्य रुपमा मनाइयो ३५ औँ वार्षिकोत्सव

    रक्त आधारभूत विद्यालयले भव्य रुपमा मनाइयो ३५ औँ वार्षिकोत्सव

  • बाइकको तेल र मर्मतको नाममा बिल बेगर नै मान बहादुरले ८५,५०० गोजीमा हालेको खुलासा

    बाइकको तेल र मर्मतको नाममा बिल बेगर नै मान बहादुरले ८५,५०० गोजीमा हालेको खुलासा

  • शारदा माध्यमिक विद्यालयको अध्यक्षमा प्रेम थोकर सर्वसम्मत

    शारदा माध्यमिक विद्यालयको अध्यक्षमा प्रेम थोकर सर्वसम्मत

  • विहिवार १२, बैशाख २०७६
    समाचार
    रोशी गाउँपालिकाले मनायो ९ औँ स्थापना दिवस

    रोशी गाउँपालिकाले मनायो ९ औँ स्थापना दिवस

    रक्त आधारभूत विद्यालयले भव्य रुपमा मनाइयो ३५ औँ वार्षिकोत्सव

    रक्त आधारभूत विद्यालयले भव्य रुपमा मनाइयो ३५ औँ वार्षिकोत्सव

    बाइकको तेल र मर्मतको नाममा बिल बेगर नै मान बहादुरले ८५,५०० गोजीमा हालेको खुलासा

    बाइकको तेल र मर्मतको नाममा बिल बेगर नै मान बहादुरले ८५,५०० गोजीमा हालेको खुलासा

    शारदा माध्यमिक विद्यालयको अध्यक्षमा प्रेम थोकर सर्वसम्मत

    शारदा माध्यमिक विद्यालयको अध्यक्षमा प्रेम थोकर सर्वसम्मत

    डाँडापारि सन्देशका लागि

    पनौती–०४, काभ्रे, बागमती प्रदेश

    सम्पर्क कार्यालय बनेपा, काभ्रे

    [email protected]

    9843429869

    जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)

    प्रेस काउन्सिल सुचीकरण नं.: ......

    सूचना विभाग दर्ता नं.: .....

    हाम्रो टीम

    प्रकाशक : बुद्ध लोप्चन
    प्रबन्धक : डिबि लामा
    सम्पादक : लक्ष्मण तामाङ
    कार्यकारी सम्पादक :इकमान लामा
    सम्वाददाता :बिजय जिम्बा

    साईट मेनु

    • Home
    • Advertisement
    • E-Paper
    • Our Team
    • Privacy Policy
    • Terms Of Service
    • Unicode Types
    © २०८० डाँडापारि सन्देशमा सार्वाधिकार सुरक्षित छ Designed by: GOJI Solution